नेपाल ७ विकेटले विजयी


काठमाडौं। उपकप्तान दिपेन्द्र सिंह एैरीको शानदार अर्धशतलमा नेपालले आइसीसी वेन्स टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित हात पारेको छ ।

समुहको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुदा तीन विकेटको क्षतीमा पुरा गर्यो । आसिफ सेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । भुर्तेलले ४३ र आसिफले ३३ रन जोडे ।

दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अविजीत ५० रनको योगदान गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको स्टल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थिय। सोमपाल कामीले ३ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको