काठमाडौं। आयोजक सहारा क्लब पोखराले प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ।
पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा जावलाखेल युवा क्लब लाई २–० ले पराजित गर्दै सहाराले उपाधि जितेको हो।
सहाराका टाये डिनियल बादारुले ७३औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए भने त्यसपछि सुसिल लामाले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे। अनुशासित र आत्मविश्वासपूर्ण खेल प्रदर्शनका कारण सहारा फाइनलमा पूर्ण रूपमा हाबी देखिएको थियो।


