काठमाडौं। रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ।
बुधबार राति सान्तियागो बेर्नाबेउमा भएको खेलमा फेडेरिको भाल्भेर्डेले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए। उनले खेलको २०औँ, २७औँ र ४२औँ मिनेटमा गोल गरेका थिए।
भाल्भेर्डे च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो उरुग्वेली खेलाडी पनि बनेका छन्। खेलमा भिनिसियस जुनियरले दोस्रो हाफमा पेनाल्टी अवसर पाए पनि गोल गर्न सकेनन्।
पहिलो लेगमा उत्कृष्ट जित निकालेको रियल म्याड्रिड दोस्रो लेगअघि बलियो स्थितिमा पुगेको छ। दोस्रो लेग अब म्यानचेस्टरमा खेलिनेछ।


