काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण यही मार्च २८ देखि सुरु हुने भएको छ। प्रतियोगिता मे ३१ सम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेङ्गलुरुस्थित एम चिन्नास्वामी रंगशालामा आयोजना गरिनेछ।
यस संस्करणमा पनि १० टोलीको सहभागिता रहनेछ। टोलीहरूले समूह चरणमा हाेम एन्ड अवे प्रणाली अनुसार खेल्नेछन्। प्रतियोगितामा कुल ७४ खेल हुनेछ।


