काठमाडौं। एन्फा राष्ट्रिय लिगमा बुधबार दुई खेल सम्पन्न भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औं मिनेटमा विकास दर्लामी मगरले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएबा थिए। तर, ५२औं मिनेटमा फ्रेन्ड्सका प्रशान्त लक्क्षमले गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा दुवै टोलीले एक एक अंक बाँडे।
यस्तै, दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा फुटबल क्लबलाई ५-२ को फराकिलो अन्तरले पराजित गरेको छ।
चर्चको जितमा सुमित श्रेष्ठले दुई गोल गर्दा रोहन कार्की र मिलन राईले समान एक गोल गरे। अर्को उपहार पायो। संकटाका विवेक मगरले आत्माघाती गोल गरे। संकटाको लागि रिचार्ड र विवेक राईले गरेको गोल सान्त्वना बन्यो।


