काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा केभिसी हाउण्ड्सले थेस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शुक्रबाबार भएको खेलमा हाउण्ड्सले सोलो बास्केटबल क्लबफाई १०६-७३ को स्कोरमा पराजपत गरेको हो। सुरुवाती तीन खेल हारेपछि हाउण्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन खेल जितेको छ। हाउण्ड्सले ६ खेलबाट ९ अंक जोडेको छ।
हाउण्ड्सले पहिलो क्वाटर २०-१३ र दोस्रो क्वाटर ३७-१६ ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ५७-२९ को अग्रता बनाएको थियो। तेस्रो क्वाटरमा ३६-१६ को अग्रता बनाएको हाउण्ड्सले चाैथो क्वाटरअघि ९३-४५ को फराकिलो अग्रता बनाएको थियो। अन्तिम क्वाटर सोलोले २७-१३ ले आफ्नो पक्षमा पारेपनि हाउण्ड्सलाई फराकिलो जितबाट रोक्न सकेन।
हाउण्ड्सका कप्तान विजय बुर्जाले सर्वाधिक ३५ अंक स्कोर गरे। उनी प्लेअर अफ दि म्याच घोषित भए। बिहीबार राती भएको खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले सोलो बास्केटबल क्लबलाई ८७-७० ले पराजित गरेको थियो। गोल्डेनगेटका विकास गुरुङले १८ अंक स्कोर गरे। गोलडेनगेटका निकेश मगर प्लेअर अफ दप म्याच घोषित भए।
गोल्डेनगेटको यो चाैथो जित हो। उसले ५ खेलबाट ९ अंक जोडेको छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


