टेनिस कम्पिटिसन : भारत, पाकिस्तान र श्रीलंका विजयी


काठमाडौं। भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा मंगलबार जित हात पारेका छन्। दोहोरो जित हात पारेको भारत ब्वाइज÷गल्र्स दुवैमा विजयी भयो। ब्वाइज÷गल्र्स दुवैमा भारतको पहिलो खेल हो।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फ समूह ‘ए’ को खेलमा भारतले भुटानलाई ३–० ले पराजित ग¥यो। समूह ‘ए’ कै गल्र्सको प्रतिस्पर्धामा भारतले माल्दिभ्सलाई ३–० ले हरायो। भुटान र माल्दिभ्सको लगातार दोश्रो पराजय हो। पहिलो दिन सोमबार ब्वाइज÷गल्र्समा श्रीलंकाले क्रमशः भुटान र माल्दिभ्सलाई हराएको थियो।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोतिाअन्तर्गत ब्वाइजको समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० ले पाखा लगायो। पहिलो दिन नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो।

गल्र्सको समूह ‘ए’ को खेलमा श्रीलंकाले पाकिस्तानलाई ३–० ले पन्छायो। दुई खेलमा श्रीलंकाको लगातार जित हो भने त्यत्ति नै खेलेको पाकिस्तानले लगातार हारको सामना गरेको छ। पहिलो दिन पाकिस्तानमाथि नेपालले जित रचेको थियो।

बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी यो प्रतियोगिताबाट ब्वाइज÷गल्र्स दुवैमा शीर्ष २ स्थानमा रहने टोली एसियाली फाइनल प्रतियोगिताका लागि छनोट हुने छन्। एसियाली प्रतियोगिता यसै वर्ष सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको