नेपाल र हङकङ भिड्दै

काठमाडौं। एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिड्दै छन्।

सिंगापुरमा हुने याे खेल मध्याह्न १२: १५ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै फाइनल यात्रा तय गरेका हुन्।

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो भने हङकङले मलेसियालाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको अन्तरले पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको