काठमाडौं । द एक्सेल्सियर स्कुल र एनबीएफएले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन्।
एक्सेल्सियरले एनसीसीएसलाई २५–२२ तथा एनबीएफएले अध्ययन स्कुललाई २०–१६ ले पराजित गरे। सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३–१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५–२७ ले पाखा लगाए।
बास्केटबलकै सिनियर गल्र्समा एनसीसीएसले काष्ठमण्डप ‘बी’ लाई १९–११, बौद्ध इन्टरनेसनल स्कुल बीआईएसले जोन डेवीलाई २७–१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४–७ ले पन्छाए।
फुटसलको सिनियर ब्वाइजमा विल्सनले एनसीसीएसलाई ५–२, एक्सेल्सियरले बीआईएसलाई १–० र चेल्सी एकेडेमीले बीआईएसलाई ४–० गोलले पराजित गरे। जुनियर ब्वाइजमा चाँदबागले एक्सेल्सियरलाई २–० तथा एक्सेल्सियरले लिटिल वन्डरलाई ७–० गोलले हराए । विल्सन र मिस्बेरीबीचको खेल १–१ गोलको बराबरीमा सकियो।
सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘बी’ लाई ७–०, जोन डेवीले एलआरआईलाई ३–०, काठमाडौं वल्र्ड स्कुलले एलआरआईलाई २–०, क्याम्पियनले अध्ययनलाई २–१ र काष्ठमण्डप ‘ए’ ले क्याम्पियनलाई ४–० गोलले पाखा लगाए।


