महेश दक्षिण कोरिया प्रस्थान

काठमाडौं। मानसिंह डोजोका प्रमुख प्रशिक्षक करातेका महेश महर्जन बिहीबार दक्षिण कोरियाको बुसान प्रस्थान गरेका छन्।

बुसानमा हुने १८ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते डो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न महर्जन त्यसतर्फ प्रस्थान गरेका हुन्। बुसान कराते डो फेडरेसनले महर्जनलाई प्रतियोगिताको प्रमुख रेफ्रीका रुपमा आमन्त्रण गरेको निमन्त्रण पत्रमा उल्लेख छ।

प्रतियोगिता जुलाई ९ देखि १३ तारिखसम्म हुनेछ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको