आजदेखि टप एन्ड टी–२०, नेपाल ‘ए’ ले टेरिटोरी स्ट्राइकसँग खेल्दै

काठमाडौं। अस्ट्रेलियाको डार्विनमा आजदेखि सुरु हुने टप एन्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’ले पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। खेल डार्विनस्थित डिएक्ससी एरिनामा हुनेछ।

नेपाल ‘ए’को नेतृत्व अनिल साहले गर्नेछन्। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमलगायत राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी छन्।

नेपालको पहिलो प्रतिद्वन्द्वी स्ट्राइक भने अनुभवी खेलाडीले भरिएको टोली हो। डार्सी सर्टले लगातार तेस्रो वर्ष टोलीको कप्तानी गर्दैछन्। उनी हालै इंग्ल्यान्डको टी–२० ब्लास्टमा ग्लोस्टरशायरका लागि ४४६ रन बनाएर राम्रो लयमा डार्विन फर्किएका हुन्।

२०२६ को टप एन्ड टी–२० मा नेपालसँगै बंगलादेशको टोली, न्युजिल्यान्ड ‘ए’ तथा अस्ट्रेलियाका विभिन्न घरेलु टोली सहभागी छन्। प्रतियोगिता अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुनेछ।

नेपाल ‘ए’ले यसअघि पनि टप एन्ड टी–२० मा सहभागिता जनाइसकेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको