स्जोबोस्लाईको पेनाल्टीमा हारबाट जोगियो लिभरपुल

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत न्युक्यासल युनाइटेड र लिभरपुलले रोमाञ्चक खेलमा २–२ गोलको बराबरी खेलेका छन्।

न्युक्यासलले खेलको पाँचौँ मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफमा जो विलकले ५७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए।

तर लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल फर्कायो। कोडी गाक्पोले ५५औँ मिनेटमा गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो। त्यसपछि इन्जुरी समयको नवौँ मिनेटमा डोमिनिक स्जोबोस्लाईले पेनाल्टीमार्फत गोल गर्दै खेल २–२ मा पुर्‍याए।

अन्तिम क्षणमा बराबरी गोल गरेपछि लिभरपुलले हार टारेको छ। दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको