काठमाडाैं। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीले फुलहमलाई ३–२ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
चेल्सीका जोआओ पेड्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। फुलहमका जोस किङले २३औँ मिनेटमा बराबरी गरेपछि मोर्गन रोजर्सले ४१औँ र कोल पाल्मरले ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई ३–१ को अग्रता दिलाए।
फुलहमका गोन्जालो गार्सियाले ५४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि थप गोल हुन नसक्दा चेल्सीले ३–२ को जितसहित तीन अंक जोडेको छ।