एभरेस्ट महिला भलिबल लिगको दोस्रो दिन तीन खेल


काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) को दोस्रो दिन मंगलबार पनि तीन खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा अुने दिनको पहिलो खेलमा कर्णाली यसभिसले गण्डकी थन्डर्सको सामना गर्नेछ। यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

यस्तै, दिनको दोस्रो खेल साँझ ५ः४५ बजे चितवनले काठमाडौं स्पाइकर्सको सामना गर्नेछ। भने तेस्रो तथा दिनको अनितम खेल राति ७ः४५ बजे ललितपुर क्सिन्स र मधेस युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा कर्णालीले मधेश, चितवनले गण्डकी र ललितपुरले काठमाडौंलाई समान ३–१ को सेटमा पराजित गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको