काठमाडौं। इंग्लिस प्रिमियर लिगमा चेल्सी हल सिटीसँग २–२ को बराबरीमा रोकिएको छ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले साताैं मिनेटमा मोर्गन रोजर्सको गोलबाट अग्रता लिएको थियो। तर हल सिटीका मोहम्मद बेल्लौमीले २८औँ र ३४औँ मिनेटमा लगातार दुई गोल गर्दै पहिलो हाफमै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा चेल्सीले बराबरी गोल फर्कायो। ६६औँ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै खेल २–२ को स्थितिमा पुर्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकियो।
बराबरीपछि हल सिटीले जारी सिजनको अपराजित यात्रा कायम राख्दै चार खेलबाट ८ अंक जोडेको छ। चेल्सीले भने अंक बाँड्दै थप दुई अंक गुमाएको छ।