मेलबर्नमा १६औं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तक्वान्दो च्याम्पियनसिप हुँदै

काठमाडाैं। १६औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप ९आइओएफटिसी(२०२६० आगामी नोभेम्बर २८ र २९ मा मेलबर्नमा आयोजना हुने भएको छ।

आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सन् २००० मा नेपालको काठमाडौंमा ग्रान्डमास्टर दिवाकर ुडानु महर्जनको पहलमा सुरू भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्दै आएको छ।

सन् २०२६ को प्रतियोगिता यस अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औं संस्करण हो। प्रतियोगिताका अध्यक्ष महादेव धानुक नेपालका पूर्व तेक्वान्दो खेलाडी, एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुन्। उनी गैरआवासीय नेपाली संघ ९एनआरएनए० भिक्टोरियाका राज्य संयोजक समेत हुन्।

अध्यक्ष धानुकले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीबीच मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताए।
उनले प्रतियोगितालाई सफल बनाउन खेलाडी, क्लब, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा प्रायोजकहरूलाई सहकार्य गर्न आह्वान गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको