कुशल बिनाको चितवनसँग विराटनगरले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा मंगलबारको पहिलो खेलमा चिवन राइनोजविरुद्ध विराटनगर किंग्सले टस जितेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका छन् । विराटनगरले बलिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गदैछ ।

विराटनगरका लागि वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले डेब्यु गरेका छन् । विराटनगरले रसेल, एन्जेलो म्याथ्युज, शुभम रञ्जने र चरिथ अशलंकालाई विदेशी खेलाडीका रुपमा खेलाएको छ ।

चोटका कारण चितवनले नियमित कप्तान कुशल मल्ललाई गुमाउँदा रवि बोपाराले टोलीको कप्तानी गरेका छन् । पाकिस्तानी बोर्डले एनओसि दिन ढिलाई गरे पछि पाकिस्तानका खेलाडी भने टोलीमा रहेका छैनन् । चितवनले विदेशी खेलाडीको चारै कोटामा इंग्ल्याण्डका खेलाडीलाई मैदान उतारेको छ ।

चितवन राइनोजको प्लेइङ-११
देव खनाल, डाबिड मिलान, डान मुस्ले, रवि बोपारा, बिवेक यादब, अर्जुन साउद, टोम टेलर, मौषम ढकाल, रञ्जित कुमार, रिजन ढकाल र कमलसिंह ऐरी

विराटनगर किंग्स प्लेइङ-११

सन्दीप लामिछाने, लोकेश बम, इम्रान शेख, चरिथ असलंका, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जने, बसिर अहमद, नरेन साउद, प्रतिश जिसी र रुपेश सिंह

आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । यो खेल अपराह्न ५ बजे सुरु हुनेछ । जनकपुरले यसपटक नयाँ कप्तानका रुपमा हरमित सिंहलाई टोलीमा भित्राएको छ । यता, कर्णालीको कप्तानमा सोमपाल कामी नै निरन्तरता दिएको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको