जनकपुरले पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो दिनको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर बलिङ रोजेका हुन् । जनकपुरले कप्तान, मोइन अलि, जिम्मी निशम तथा कुशल परेरालाई विदेशी खेलाडीको रुपमा खेलाएको छ । कर्णालीले भने अकबर अलि, हुसैन तलत, मार्क वाट तथा अरिफुल इस्लामलाई विदेशी खेलाडीको रुपमा खेलाएको छ ।

जनकपुरले ट्यालेन्ट हन्टबाट छनोट गरेको राहुल यादवलाई आफ्नो पहिलो खेलमा नै मौका दिएको छ ।

जनकपुर बोल्ट्स प्लेइङ-११

हरमित सिंह, जिम्मी निशम, अनिल शाह, ललित राजवंशी, मयन यादव, आदित्य महता, राहुल यादव, मोइन अलि, तृतराज दास, कुशल परेरा र अभिषेक तिवारी

कर्णाली याक्सको प्लेइङ-११

अरिफुल इस्लाम, अकबर अलि, मार्क वाट, सोमपाल कामी, हुसैन तलत, गुलसन झा, नन्दन यादव, युवराज खत्री, पवन सरार्फ, युनिशबिक्रम सिंह र दिपक डुम्रे


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको