काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) सिजन तीनको तेस्रो दिन बिहिबार दुई महत्वपुर्ण खेल हुदैछन् ।
आजको पहिलो खेलमा काठमाडौ गोर्खाजले जनकपुर बोल्ट्सको सामना गर्दैछ । दुवै टोली पहिलो जितको खोजीमा छन् । सिजनको पहिलो खेल खेल्दै गरेको काठमाडौं जित सहित सुरुआतको अपेक्षामा रहेको छ ।

उता, पहिलो खेलमा पराजित जनकपुर उत्कृष्ट पुनरागमनको लक्ष्यमा छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
आज नै हुने दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्ससँग खेल्दैछ । आन्द्रे रसेल सहित मैदान उत्रिएको विराटनगर पहिलो खेलमा पराजित भएको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । यस खेलमा जित सहित विराटनगर पुनरागमनको लक्ष्यमा छ ।
कर्णाली भने विराटनगरलाई हराउँदै जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा कर्णालीले जनकपुरलाई पराजित गरेको थियो । तर, नेपालमा केही दिन भारी वर्षा हुने मौषमविदहरुको दाबीका कारण आजका खेलमा पनि वर्षाले असर पार्ने सम्भावना छ ।