पहिलो खेल खेल्दै गरेको काठमाडौंले टस जित्यो

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो खेल खेल्दै गरेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले ब्याटिङ रोजेका हुन् ।

जनकपुर बोल्ट्सले आजको खेलमा दुई परिवर्तन गरेको छ । मंगलबार कर्णाली याक्सकाविरुद्धमा खेलेका जिमी निशम र आदित्य महतालाई विश्राम दिँदै साइफ हसन र अमर सिंह राउटेलालाई प्लेइङ–११ मा मौका दिएको छ ।

जनकपुर बोल्ट्सको प्लेईङ-११

मयन यादव, तृतराज दास, मोइन अलि, सैफ हसन, अनिल साह, कुसल परेरा, हरमित सिंह, अभिषेक तिवारी, राहुल यादव, अमर सिंह राउटेला र ललित राजवंशी

पहिलो खेल्दै गरेको काठमाडौं गोर्खाजले जहान्दद खान, रिपोन मण्डल, स्याम हेजलेट र समित पटेललाई विदेशी खेलाडीको रुपमा खेलाएको छ ।

काठमाडौं गोर्खाजको प्लेईङ-११

भीम सार्की, हरि शंकर साह, जहान्दद खान, करण केसी, आदिल आलम, रसिद खान, रिपोन मण्डल, स्याम हेजलेट, शाहब आलम, स्मित पटेल, सुमित महर्जन


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको