काठमाडाैं। नेपाल सम्बत् न्हूदँ ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौँ संस्करणको राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ।
कार्तिक १८ र १९ गते बुद्धिचाल प्रतियोगिता हुने आयोजकले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। न्हूदँ समारोह समितिले कार्तिक २३ गते राष्ट्रव्यापी खुला १० किलोमिटर दौड र २४ गते ३० किलोमिटर साइकल र्याली पनि आयोजना गर्नेछ।
नेपाल सम्बत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरणमा सांस्कृतिक र्याली, मण्डला लेखन प्रतियोगिता, स्वास्थ्य कार्यक्रम, दीप प्रज्वलनलगायत विविध कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।