काठमाडौं । न्युटन र हिमालयन किङडमले १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
न्युटनले भद्रकालीलाई ३८–३६ को साँघुरोअन्तरले पराजित ग¥यो । किङडमले राजन मेमोरियललाई ६३–४७ ले हरायो । सिनियर ब्वाइजकै अन्य खेलमा आयोजक भ्याली पब्लिक ‘ए’ ले त्रिज्योतिलाई ३९–२५, नेसनल युनाइटेडले सेवा सदनलाई २८–१०, जिनियसले रिलायन्सलाई १५–११, गोल्डेनपिकले स्कोलर्स होमलाई ६२–२६, हेम्सले मोक्षदालाई ३५–३०, अपीले एक्टिभलाई २७–२३ र भ्याली पब्लिक ‘बी’ ले लिटिल एन्जल्सलाई ५९–३९ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले नेक्सस्लाई ३१–१६, किङडमले अपीलाई २४–१९, भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३३–१८, एन्जल्स हार्टले हिमरश्मिलाई २१–१४ र त्रिज्योतिले इडेन ब्रिज एकेडेमी ९इबीए० लाई २४–१० ले पन्छाए ।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ ले अपीलाई २४–१, भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई ४२–१६, हिमरश्मिले टीआईएलाई ११–९, इबीएले एक्टिभलाई ८–४ र क्यान्भासले लिटिल एजल्सलाई १०–८ ले पराजित गरे ।


