काठमाडौँ । स्टार स्ट्राइकर किलियन एमबाप्पेले ला लिगामा साविक विजेता रियल मड्रिडबाट डेब्यु गरेका छन्। तर, उनको डेब्यु राम्रो हुन सकेन।
युइएफए सुपर कपअन्तर्गत बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २–० ले पराजित गर्दा उनले एक गोल गरेका थिए।
आइतबार राति एमबाप्पेले डेब्यु गरेको खेलमा रियल मड्रिड डेमालोर्कासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
खेलको १३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५३ औं मिनेटमा वेदात मुरिकीले गोल गर्दै मालोर्कालाई खेलमा फर्काए।
यो नतिजासँगै रियलले पहिलो खेलबाट एक अंक जोडेको छ।


