काठमाडाैँ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ आज (साेमबार )बाट सुरु भएको छ।
योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको आजको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात गर्न सकेनन्। नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जन दुवै एकल तर्फको खेलबाट बाहिरिएका छन्।
प्रिन्स २२–२०, १२–२१, १३–२१ मा भारतका कविन थाङ्गम संग पराजित भएका हुन्। यस्तै रसिला महर्जन भारतीय खेलाडी अदिती भट्ट संग पराजित भईन्। रसिला भट्ट संग २१–११, २१–१४ को सोझो सेटमा पराजित भएकी हुन्।