केभीकेएसएस र स्वर्णदीप विजयी


काठमाडौं । काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्।

केभीकेएसएस सिनियर गल्र्स र स्वर्णदीपले जुनियर ब्वाइजमा सफलता केभीकेएसएसले बसुन्धरा नेसनल एकेडेभी (बीएनए) लाई २४–१९ ले पराजित ग¥यो। केभीकेएसएसका लागि अनुशा गुरुङले १३ अंक जोडिन्। स्वर्णदीपले एचएचसीएलाई १६–१४ ले हरायो । स्वर्णदीपका मनीष मगरले ६ अंक जोडे।

सिनियर गल्र्समा इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रारम्भावलाई ३०–२५ तथा पारामाउन्टले संस्कृति शिक्षा सदनलाई २२–१८ ले पाखा लगाए। इबीएकी अम्बिा पटेलले १० तथा पारामाउन्टकी एलिना राईले ६ स्कोर गरे।

जुनियर ब्वाइजमा नव ज्ञानभूमिले ज्ञान संस्कारलाई १९–१६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई ३१–१८ र सेबले संस्कारलाई ३७–२७ ले पन्छाए। नव ज्ञानभूमिका निकेश खड्काले १०, लालीगुराँसका रोहित गुरुङले १३ र सेबका उविन तामाङले १० स्कोर गरे।

सिनियर ब्वाइजमा शुभकामनाले हिमालयलाई ३३–२३, गोल्डेनपिकले आयोजक ग्रिनल्यान्ड ‘ए’ लाई ४५–४२ र स्कोलर्स होमले बीएएसलाई २९–२२ पराजित गरे। शुभकामनाका विमल सिर्पालीले १८, गोल्डेनपिकका विजय तामाङले १३ र स्कोलर्स होमका दिपोन मगरले १५ अंक बटुले।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको