साफ यु–२० : फाइनल प्रवेशका लागि नेपाल र भुटान भिड्दै


काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाल समूह ए का दुवै खेल जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको