साफ यु-२० : पहिलो हाफ गोलरहित


काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल र भुटानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

तुलनात्मक रुपमा पाहुना टोली भुटानविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपालले गोलका लागि धेरै अवसर सिर्जना गरेपनि उक्त अवसरलाई गोलमा परिणत गर्न भने सकेन।

नेपाल समूह ए को विजेता भन्दै सेमिफाइनलमा स्थान बनाएको हो भने भुटान समूह बी को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको