ललितपुर । पुष्पसदन विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगीताको दोस्रो दिन छात्रा एकलतर्फ सेन्ट मेरिज स्कूलकी सुष्मा शाक्य विजयी भएकी छिन्।
कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा भएको प्रतियोगितामा छात्रा एकलतर्फ प्रगती आर्दश इंगलिस स्कूलकी इशानवी मर्हजन दोस्रो हुँदा पुष्पसदनकी मिचुली मर्हजन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए। यो इभेन्ट्सको राइजिङ प्लेयर ह्वाईट फिल्ड सेकेण्डरी स्कूलकी बिदिसा मर्हजन भइन्।
पुष्पसदनको आफ्नै टेबलटेनिस कोर्टमा सम्पन्न भएको यु–१३ छात्रतर्फको उपाधी डिलाईट स्कूलका आरंभराज शाक्यले जिते। उनले आफ्नै स्कूलका निर्भिक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधी जितेका हुन्। यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाईटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे। यो इभेन्ट्को राइजिङ प्लेयर पारागन पब्लिक स्कूलका सुचन बढा भए।
यही यु–१३ उमेर समूहकै छात्रातर्फको उपाधी प्राईम ग्लोबल स्कूलका प्राज्ना मर्हजनले जितिन्। उपविजेता फ्युचर स्टार हाई स्कूलका इमरीन मर्हजन भइन्। पुष्पसदनका रिसु ज्ञावली र दाईसी मर्हजनले तेस्रो स्थान हात पारे। यो इभेण्ट्सको राइजिङ प्लेयर क्रियटिभ एकेडेमीकी मेलिना मर्हजन भइन्।
छात्र एकलतर्फ फाइनलमा प्राईम ग्लोबलका संभवराज वन्त र मंगल सेकेण्डरी स्कूलका मनुषलाल श्रेष्ठ पुगेका छन्। यसको फाइनल खेल शनिबार हुने पुष्पसदनका इसिए संयोजक राजु लामाले जानकारी दिए। यो इभेन्ट्समा पुष्पसदनका सफल मर्हजन र आइडियल मोडल स्कूलका सोयम मर्हजन तेस्रो भएका छन्। एकल छात्रमा मागुस इंगलिस स्कूलका सक्रिन मर्हजन राईजिङ प्लेयर बनेका छन्।
शनिबार यु–११ को छात्रातर्फको फाइनल खेलमा पुष्पसदनकी क्रिष्टल भूषाल र प्राइम स्कूलकी यामिला श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन्। द एक्सेल सायरकी सुप्रिया रोका र युवक वुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो हुँदा सम्बृद्धि स्कूलकी एन्ड्रि मर्हजन राइजिङ प्लेयर भइन्।
यसअघि पहिलो दिन प्राईम ग्लोबल स्कूलले वर्चस्व कायम गरेको थियो। छात्र र छात्रा दुबैतर्फको टिम इभेन्ट्समा प्राईम ग्लोबल विजेता भएको थियो। यु–११ छात्रतर्फको उपाधी बृहस्पती विद्यासदनका विनम्र घिमीरेले जितेका थिए।
आइडियल मोडल स्कूलका सत्भीक रत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डर गार्डेन स्कूलका रुसन शाक्य र केटिएम ग्लोबल स्कूलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन्।
राइजिङ प्लेयर संस्कृति इन्टरनेसनल स्कूलका संस्कार रत्न बज्राचार्य भए। बिहीबारदेखि सुरु प्रतीयोगीतामा ३० वटा विद्यालयका २ सय ३० जना विद्यार्थीले सहभागीता जनाएका छन्। विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।


