उत्कृष्ट महिला तथा पुरुष खेलाडीले कार पाउने


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कारबाट पुरस्कृत गर्ने भएको छ।

भदौ ११ र १३ गते बसेको एन्फा कार्यसमिति बैठकले हरेक बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो।

यस्तै, उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही दुई लाख रुपैया र मोटर साईकलरस्कुटरबाट र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाँच लाख रुपैया र मोटर साईकल स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ।

उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनौट गर्न निम्न अनुसार छनौट समिति गठन गर्ने निर्णय गरएको छ। समितिको संयोजकमा पुरुषोत्तम थापा छन् भने सदस्यहरुमा हरि खड्का र सञ्जीव मिश्र रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको