म्याड्रिडको दोस्रो जित


काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ।

शनिबार राति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

एटलेटिको म्याड्रिडको जितमा इन्जुरी समयमा एन्जेल कोरियाले गरेका थिए।

यो जितसँगै एटलेटिको म्याड्रिडको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। पराजित एथलेटिक क्लबको ४ खेलमा ४ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको