भलिबल मुख्य प्रशिक्षक भट्टलाई उप–निर्देशकको जिम्मेवारी

काठमाडौं । भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप–निर्देशकको जिम्मेवारी दिइएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले भट्टलाई पत्र प्रदान गरेका हुन्।

उप–निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई धन्यवाद दिदै पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विगत तीन दसकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमान्दारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको