
काठमाडौं । स्पेनिस ला लिगा नयाँ सिजन २०२४/२५ को पहिलाे खेलमा गिरोनाले रियल बेटिससँग बराबरी खेलेको छ।
बेनिटो भिल्लामारिन रंगशालामा गएराति सम्पन्न खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।
खेलको सातौं मिनेटमा मार्क बार्ट्राले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए।
तर, इकर अल्मेनाको पासमा ७२औं मिनेटमा गेब्रियल मिसेहाउले गोल गर्दै गिरोनालाई खेलमा फर्काए।
यो बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँड्दै नयाँ सिजनको सुरुआत गरेका छन्।