काठमाडौं मंसिर ६ गते । ज्ञानोदय बाल वाटिकाले १२औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो सफलता पाएको छ। ज्ञानोदय सिनियर ब्वाइज र गल्र्स दुवैमा विजयी भयो।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा साइमन क्षेत्रीले १३ अंक योगदान गरे। प्रिन्सेस थापा मगरको ७ अंक सहयोगमा ज्ञानोदयले केभीएस, रानीवनलाई ११–९ ले हरायो।
सिनियर ब्वाइजको अन्य प्रतिस्पर्धामा निसर्ग वाटिकाले मोक्षदालाई ४६–२८, केभीएस, रानीवनले कश्यपलाई ३८–१८ र राइजिङ स्टारले विस्डमलाई ४३–१८ ले पाखा लगाए। निसर्गका अर्नव सिंहले १४, केभीएस, रानीवनका जिग्मे लामाले १० र राइजिङ स्टारका रेजन थापाले २३ स्कोर गरे।
सिनियर गल्र्समा निसर्ग वाटिकाले केभीएस, स्युचाटारलाई ३४–४ ले पराजित ग¥यो। निसर्गकी आश्रा भण्डारीले १८ अंक जोडिन्। जुनियर ब्वाइजमा केभीएस, स्युचाटारले ओएसिस्लाई १९–८ तथा ह्वाइटफिल्डले कश्यपलाई १६–६ ले पाखा लगाए। केभीएसका राजीव अधिकारीले १० तथा ह्वाइटफिल्डका मसिक तामाङले ४ स्कोर गरे।
