एभरेस्ट महिला भलिबल : सहभागी टोलीका खेलाडी र प्रशिक्षक सार्वजनिक


काठमाडौं । पहिलोपटक आयोजना हुन लागे फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिगमा सहभागी टिमले आफ्नो खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार ६ फ्रेन्चाइजीका मुख्य प्रशिक्षकहरूको बैठकमा भएको ड्राफ र समझदारीका आधारमा टोलीमा रहने खेलाडीको सूची सार्वजनिक गरेको जानकारी दिएको हो।

यस लिगमा प्रत्योक टोलीमा ‘ए’ का एक, ‘बी’का चार र ‘सी’ ग्रेडका तीन जना खेलाडीलाई वर्गिकरण गरिएको छ। एक जना भने ट्यान्ड हन्टबाट समावेश गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उषा भण्डारी काठमाडौं, सलिना श्रेष्ठ ललितपुर, अरुणा शाही चितवन, सरस्वती चौधारी गण्डकी, सुमित्रा रेग्मी कर्णाली र निरुता ठगुन्ना मधेशको मार्की खेलाडीमा रूपमा छन्।

यसैगरी, महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्टले काठमाडौं, उत्सव खड्का ललितपुर, अर्जुन घिमिरेले चितवन, रुपेशकुमार विष्टले गण्डकी, कुमार राईले कर्णाली र भरत यादवले मधेशलेको जिम्मेवारी सम्हाल्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको