काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने साफ यु-१७ च्याम्पियनसिपका लागि ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको केन्द्रीय छनोटपछि ४२ जनालाई बन्द प्रशिक्षणमा बोलाएको हो।
सबै खेलाडीलाई आइतबार बिहान ९ बजे सक्कल कागजपत्रसहित एन्फा कम्प्लेक्स सातदोबाटोमा उपस्थित हुन अनुरोध गरेको छ।
भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १८ देखि २८ सम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको आयोजना हुँदैछ।
यस्तै, एन्फाले सनोज श्रेष्ठलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ।


