आर्सनलको विजयी सुरुआत


काठमाडौं । आर्सनलले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार सम्पन्न खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो।

घरेलु टोली आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले गोल गरे।जितसँगै आर्सनलले लिगमा तीन अकं जोड्दै सुखद सुरुआत गरेको छ।

खेलको २५औँ मिनेटमा साकाको पासमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक शुन्य गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।

७४औँ मिनेटमा साकाले गोल गरेपछि खेलमा आर्सनलले २–० को अग्रता बनायो। त्यसपछि बाँकी समय थप गोल नहुँदा आर्सनल विजयी भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको