काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ।
निराजन धामीले खेलको २४औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन्। फ्रिकबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेको बल श्रीलंकाका खेलाडीका खेलाडीलाई टच हुँदै फर्किएको थियो। उक्त बललाई धामीले जाली चुमाए।
खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपालले फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो।


