
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) मिती र लोगो सार्वजनिक गरेको छ।
काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो र मिति सार्वजनीक गरेको हो। प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो।
यसअघि घोषणा गरिएको नेपाल टी–२० लिगको च्याप्टर क्लोज गर्दै क्यानले एनपीएलको नयाँ सिजन सार्वजनीक गरेको हो।
सार्वजनीक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ। बलमा नेपालको चन्द्र सुर्य राखिएको छ।
यस्तो छ नेपाल प्रिमियर लिगको लोगोमा पाँच अन्तर्य
चन्द्र-सुर्य : क्रिकेट बलका दुई भागले नेपाली राष्ट्रिय झण्डाको
महत्वपुर्ण पक्षलाई प्रतिबिम्ब गर्दछ।
बलको सिमले मेची देखि महाकाली सम्मको अविरल प्रवाहलाई चित्राङ्कन गर्दै एक
नयाँ यात्राको सुरुवात दर्साउँछ।
खुकुरी र क्रिकेट ब्याटको मिश्रणले वीर गोर्खालीको बहादुरी संगै नेपाली
क्रिकेटले विश्वस्तरमा प्रदर्शन गर्ने खेल कौशलको वर्णन गर्दछ।
वीर गोर्खालीहरुको पौरख र बहादुरीको बलमा स्थापित सार्वभौम देश जस्तै
नेपाली क्रिकेट टोलिले पनि विभिन्न आरोह – आवरोहहरु झेल्दै आजको उचाई
हाँसिल गर्न सफल भएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जसले नेपाली क्रिकेट टोलीको प्रेरणादायी
यात्रा झल्काउँदै विश्व क्रिकेट जगतमा सर्वोच्च सफलता हात पार्ने सपनाको
बयान गर्दछ।