काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा सहज जित हासिल गरेको छ।
पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा पिएसजीले मोन्टपेलियरलाई ६–० गोलले पराजित गरेको हो।
पिएसजीको जितमा ब्राडली बारकोलाले दुई, मार्को एसेन्सियो, अचराफ हाकिमी, वारेन इमरी र ली काङ इनले समान एक गोल थपे।
पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।
जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ। मोन्टपेलियरको भने समान खेलबाट १ अंक छ।


