लिभरपुलको दोस्रो जित


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो हासिल गरेको छ।

आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ। ब्रेन्टफोर्डको भने पहिलो हार हो। उसको तालिकामा ३ अंकमात्रै छ।

लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए। ७० औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भ्सलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको