काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज (बुधबार) हुँदैछ।
सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो।
नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो।
नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए । जसमा नेपाल विजयी भएको थियो।
सुरुका दुई संस्करणको उपाधि जिते यता थप ३ संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ।


