ला लिगा : बार्सिलोनाको लगातार तेस्रो जित


काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भलेकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पाहुना टोली बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए।

रायो भलेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो। त्यसपछि बार्सिलोनाले खेलको ६०औं मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो।

जितपछि बार्सिलोनाको ३ खेलमा ९ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ। त्यस्तै रायो भलेकानो भने ३ खेलमा ४ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको