काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा बंगलादेशशले नेपाललाई ४-१ गोलले पराजित गरेको हो।
बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नोभाले एक गोल गरे। यता नेपालका लागि समीर तामाङले गरेको गोल सान्त्वना बन्यो।
पहिलो हाफमा १-० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।


