मार्वलस र पारामाउन्ट सेमिफाइनलमा

काठमाडौं असोज १ गते । मार्वलस र पारामाउन्ट एकेडेमी २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा मार्वलसले लालीगुराँस नेसनल एकेडेमीलाई ७०–४० ले पराजित ग¥यो। मार्वलसको जितमा गौरव यादवले १८ अंक योगदान गरे । पिटर राईको २० अंक मद्दतमा पारामाउन्टले बीएमसीएलाई ४२–३२ ले हरायो।

सिनियर ब्वाइजमै भ्याली पब्लिकले गोल्डेन पिकलाई ७०–६२ तथा न्युटनले एन्जल्स हार्टलाई ६५–४५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। भ्याली पब्लिकका अशोक विकले ३८ तथा न्युटनका युनिक कार्कीले ३३ स्कोर गरे। सेमिफाइनल मार्वलस र पारामाउन्ट तथा भ्याली पब्लिक र न्युटनबीच हुनेछ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले गण्डकीलाई ३५–१६, जेबी स्कुलले ओडिसीलाई २९–२०, सेबले ग्रिनल्यान्डलाई २२–१५ र लालीगुराँसले फेरिल्यान्डलाई ३४–२० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे। एन्जल्स हार्टका सौरव श्रेष्ठले १२, जेबीका हरि मगरले १५, सेबका सचिन घलेले ६ र लालीगुराँसका संगित बलामीले १२ अंक बटुले।

सेमिफाइनलमा सेबको भेट एन्जल्स हार्टसंग हुनेछ भने जेबीले लालीगुराँसको सामना गर्ने छ। सिनियर गल्र्सको सेमिफाइनल समीकरण यसअघि नै तय भइसकेको छ। भ्याली पब्लिकले न्युटन तथा फेरिल्यान्डले तेजस्वी एकेडेमी विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको