काठमाडौं । रेडियन्ट पब्लिकले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो जित हात पारेको छ। रेडियन्टको ब्वाइज÷गल्र्स दुवै टोलीले सफलता पाए।
ब्वाइजमा रेडियन्टले जेम्सलाई ४२–१९ ले पराजित ग¥यो। रेडियन्टको जितमा सुशन न्यौपानेले १३ अंक योगदान गरे। गल्र्समा श्रेया विडारीको ११ अंक सहयोगमा रेडियन्टले आयोजक ज्ञानोदयलाई २२–१७ ले हरायो। गल्र्सकै अर्को प्रतिस्पर्धामा चाँदबागले मल्पी इन्टरनेसनललाई २२–१० ले पाखा लगायो। चाँदबागकी साम्राज्ञी शाहले ८ स्कोर गरिन्।
ब्वाइजको अन्य खेलमा मोर्डन इन्डियन स्कुल (एमआईएस) ले चाँदबागलाई २९–१८, मल्पी इन्टरनेसनलले भीएस निकेतनलाई २७–२२ र आयोजक ज्ञानोदयले मल्पी सिटीलाई ४९–२९ ले पन्छाए। एमआईएसका याङसाङ पाख्रिनले ११, मल्पीका साङ्गे गुरुङले १७ र ज्ञानोदयका टासी पुनेलले ११ अंक जोडे।


