काठमाडाैं। लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा पाँचौं एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप शुक्रबार समपन्न भएको छ।
हात्तीवनस्थित आयोजक एलएकै हातामा भएको प्रतियोगितामा फुटबल, फुटसल, भलिबल, बास्केटबल र टेबलटेनिस गरी ५ खेलमा ३ सामुदायिकसहित २२ विद्यालयको सहभागिता रहेको थियो।
ब्वाइज फुटसलको उपाधि एलए ‘ए’ ले जित्यो। एलए ‘ए’ ले फाइनलमा आफ्नै ‘बी’ टिमलाई ६–० गोलले पराजित ग¥यो। विजेता टोलीकात्रय आयुश थापा उत्कृष्ट खेलाडी, रायन मोक्तान उत्कृष्ट गोलरक्षक र प्रणव बोगटी सर्वाधिक गोलकर्ता बने।
ब्वाइज फुटबलमा लोयल्टी एकेडेमीले फाइनलमा एलए ‘ए’ लाई २–१ गोलले हराउदै च्याम्पियन बन्यो। लोयल्टीका साहिल राई उत्कृष्ट खेलाडी तथा लोयल्टीकै समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक घोषित भए। एलए ‘ए’ का स्मिथ रावत सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे।
ब्वाइज भलिबलमा वैष्णवी पहिलो भयो। फाइनलमा वैष्णवीले माउन्ट ओलिभलाई २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगायो। वैष्णवीका रविन नागरी उत्कृष्ट खेलाडी चुनिए। बास्केटबलमा पुष्पसदनले दोहोरो उपाधि चुम्यो। ब्वाइज फाइनलमा पुष्पसदनले एलएलाई २७–१७ ले पराजित ग¥यो।
गल्र्सको उपाधि भिडन्तमा पुष्पसदनले ज्ञानोदयमाथि १८–१५ को जित दर्ता ग¥यो। ब्वाइजमा पुष्पसदनका सम्राट लामा तथा गल्र्समा पुष्पसदनकै निधि ठगुन्ना ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिए। विजेतालाई एलएका निर्देशक राजेश श्रेष्ठ, नेपाल जिम्न्याष्टिक संघका महासचिव समेत रहेका एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
