एनपीएलमा सहभागी आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।

क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने सो प्रतियोगिताका लागि टोलीको नामावली सार्वजनिक गरेको ह‍ो।

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन्।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोली नाम र संख्या टुंगो लगाएको थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको