पीइसीको प्लस टु बास्केटबल सोमबारदेखि


काठमाडौँ । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) को आयोजनामा ‘बास्केटबल म्याडनेस’ प्लस टु गल्र्स बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा ७ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, रातो बंगला स्कुल र ब्लु बर्ड कलेज तथा समूह ‘बी’ मा ल्यान्डमार्क एकेडेमी, कान्जिरोवा कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज र ट्रिटन कलेज रहेका छन्।

विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। खेलहरु ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ। फाइनल भदौ २२ गते हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको