सिरी ‘ए’ : मिलानको सहज जित


काठमाडौँ । इटालियन सिरी ‘ए’ मा साविको विजेता इन्टर मिलानले सहज जित हासिल गरेको छ।

मिलानको घरेलु मैदान सान सिरोमा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली एटलान्टामाथि ४–० को सहज जित हासिल गरेको हो।

मिलानको जितमा मिलानको जितमा मार्कस थुरामले दुई गोल गर्दा निकोलो बरेला एक गोल गरे। यस्तै, अर्को गोल उपहार पाएको थियो।

खेलको तेस्रो मिनेटमै उपहार गोल पाएको मिलानको लागि १०औँ मिनेटमा निकोलोले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए।

पहिलो हाफमा दुई गोल गरेको मिलानले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

मार्कसले ४७औँ र ५६औँ मिनेटमा गोल गर्दै खेलमा ४–० को सहज जित दिलाए।

जितसँगै तीन खेलबाट सात अंक जोडेको मिलान शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंक मात्रै रहेको एटलान्टा ११औँ स्थानमा झरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको