एसी मिलान र लाजियोले खेले बराबरी


काठमाडौं । इटालियन सिरी ‘ए’ मा एसी मिलान लाजियोसँग २–२ को र बराबरी खेलेको छ।

शनिबार लाजियोको घरेलु मैदान ओलम्पिको रंगशालामा मिलानका लागि स्ट्राहिन्जा पाभ्लोभिक र राफेल लियो तथा लाजियोको लागि भ्यालेन्टिन कास्टेलानोस र बोउले डियाले गोल गरे।

यो नितजासँगै तनि खेलमा दुई अंक जोडेको मिलान १४औं स्थानमा छ। लाजिय समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ।

खेलको आठौं मिनेटमा पाभ्लोभिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो।

अन्य खेलमा नापोलीले पार्मालाई २–१ र लिसले काग्लियारीलाई १–० ले पराजित गर्दा बोलोग्ना इम्पोलीसँग १–१ को बराबरीमा रोकियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको